इरान शर्तसहित युद्ध रोक्न तयार

डिसी नेपाल
१८ चैत २०८२ ११:२३
4.1k
Shares

काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले केही सर्तहरू पूरा भएमा इरान अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमले पेजेश्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त बयान दिएको जनाएको छ।

युद्ध अन्त्य गर्ने पेजेश्कियानको “इच्छा” सँग धेरै सर्तहरू पनि थिए । शर्तहरूमा विशेष गरी भविष्यमा द्वन्द्व फेरि सुरु नहुने ग्यारेन्टी प्रमुख थियो ।

यसअघि पनि इरानले अमेरिकाको १५ बुँदे शान्ति प्रस्तावमा फेरि आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको थियो।

पेजेश्कियानको यो भनाइपछि अमेरिकी बजारमा वृद्धि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *