यशस्वी पुस्तक पुरस्कार २०८१ को लागि पुस्तक आह्वान

डिसी नेपाल
१८ चैत २०८२ १२:३५
8
Shares

काठमाडौं। यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ को लागि पुस्तक आह्वान गरेको छ। नेपाल तथा नेपाल बाहिरका नेपाली लेखकहरुले लेखेका नेपाली तथा अंग्रेजी भाषाका पुस्तकहरुको आह्वान गरिएको हो। २०८१ चैत मसान्तसम्म लेखिएका किताबहरु पुरस्कारको लागि आह्वान गरिएको छ।

पुस्तकहरु लेखक तथा प्रकाशकहरुले यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घटेकुलो, काठमाडौँमा २०८३ वैशाख १७ गते सम्म बुझाउनुपर्ने छ।

पुरस्कृत पुस्तकको पुरस्कार २०८३ जेष्ठ २३ गते शनिबार हुने चौथो काठमाडौं कलिंग-साहित्य महोत्सवमा प्रदान गरिने यशस्वी प्रज्ञा प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन्। पुरस्कृत पुस्तकले बीस हजार राशीसहित सम्मान पत्र पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *