लामो युद्धको लागि तयार छौं : इरान
काठमाडौं । इरानले अमेरिका र इजरायलसँग लामो युद्धको लागि तयार रहेको बताएको छ। विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परेमा देशले छ महिनासम्म द्वन्द्व जारी राख्न सक्ने संकेत गरेका छन्।
अराघचीले इरान दीर्घकालीन युद्ध लड्न पूर्ण रूपमा तयार रहेको र परिस्थितिले निर्देशित गरेअनुसार द्वन्द्व जारी रहने बताए। उनले देशको सुरक्षा र सार्वभौमसत्ता सर्वोपरि रहेको र यसको रक्षा गर्न हरसम्भव प्रयास गरिने पनि बताए।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै भने – इरान कुनै पनि जमिन आक्रमणको लागि पूर्ण रूपमा तयार छ। “हामी उनीहरूको प्रतीक्षामा छौं,” उनले भने।
अराघचीले भने – इरान अमेरिकी स्थल आक्रमणबाट डराउँदैन र कुनै पनि परिस्थितिको सामना गर्न तयार छ। उनले स्पष्ट पारे – इरान आफैं स्थल युद्ध चाहँदैन, तर यदि त्यस्तो भयो भने जवाफ दिन सक्षम छ।
उनले अमेरिकालाई चेतावनी दिए – यस्तो गल्ती महँगो साबित हुन सक्छ र इरानलाई आफ्नो सुरक्षा कसरी गर्ने भनेर राम्रोसँग थाहा छ।







डिसी नेपाल







Facebook Comment