सुदूरपश्चिम प्रदेश स्थानीय सेवा नियमावली २०७२ स्वीकृत गर्ने निर्णय

डिसी नेपाल
१८ चैत २०८२ २२:२५
160
Shares

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृति गर्ने निर्णय गरेको हो।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ संसद्बाट पास गरि २०८२ असार १५ गते प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूचीमा हेरफेर गर्ने सम्बन्धमा, स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा, अस्थायी प्रहरी चौकी हिमाली गाउँपालिका, बाजुराको भवन निर्माण सम्बन्धी कार्यक्रमलाई सशर्त अनुदानको रूपमा हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने सम्बन्धमा र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची-२ मा हेरफेर गर्ने सम्बन्धमा निर्णय गरेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गर्ने सम्बन्धमा, स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने सम्बन्धमा, सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधी, २०८२ स्वीकृत गर्ने सम्बन्धमा बैठकले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले डोटी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भरत बोहरा, अछाम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा लीलाराज केसीलाई र खेलकुद परिषद् सदस्यमा कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेरलाई नियुक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *