सदनमा एमालेको आरोप- देश जलाउने खलपात्रलाई नायक बनाइयो

डिसी नेपाल
१९ चैत २०८२ १५:३१
400
Shares

काठमाडौं । नेकपा एमाले सदनमा सम्बोधन गर्दै देश जलाउने खलपात्रलाई नायक बनाइएको आरोप लगाएका छन्।

एमालेका कार्यबहाक अध्यक्ष एवं सांसद रामबहादुर थापाले बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देश जलाउने खलपात्रलाई नायक बनाइएको आरोप लगाएका हुन्।

‘जादुमयी विजयको लागि बाह्य पक्ष, टीओबी एआई, अल्गोरिदम धेरैले काम गरे। देश जलाउने खलपात्रलाई नायक बनाइयो,’ उनले भने, ‘उनीहरूले उनीहरूले निर्णायक भूमिका खेले। रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ।’

उनले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्नसमेत गरेका छन्।

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे।

उनले भने, ‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क-कसको निर्णायक भूमिका रह्यो? तथ्यहरुले के स्पस्ट गर्दछ भने मुख्यत नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदी संस्था तथा पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *