एमालेद्वारा आकस्मिक सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भोली दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको बताए।
प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन्।
‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले माननीय रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ उनले भनेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment