नेपाल प्रहरीमा रोजगारीको अवसर

डिसी नेपाल
२० चैत २०८२ ७:४४
180
Shares

काठमाडौं। नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक विज्ञापन जारी गर्दै प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खोलेको हो।

प्रहरीले इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्र, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको हो।

दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म र प्राविधिक प्रहरी जवान पदमा भने वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *