चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा

डिसी नेपाल
२० चैत २०८२ ९:४५
228
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।

प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२(०२२ प २५ ६७) को मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सबै सवारी साधनधनीलाई सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्न र एकान्त ठाउँमा सवारी राख्न नहुन अनुरोध गरेका छन्।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ र नेपाल प्रहरीको हटलाइन १०० मा विवरण सहित फोन गर्ने वा नजिकैको प्रहरी कार्यालयमा निवेदन दिने व्यवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *