विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग
काठमाडौं। नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछि हट्न सरकारको ध्यानआकर्षण गर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यसैगरी पार्टी नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ।
सचिव भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए।
उनले भने,‘ नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ।’
त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ। सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडि हट्न ध्यानाकर्षण समेत गराएको छ।
‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।







डिसी नेपाल







Facebook Comment