प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
ढोरपाटन (बागलुङ)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। आजदेखि बागलुङमा सुरु भएको मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताए।
सरकारले बाटो बिराउन खोजे पत्रकारितामार्फत खबरदारी जरुरी रहेको उहाँको भनाइ थियो। पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उनले उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले भने, “पत्रकारितालाई थप व्यवस्थित गर्न जरुरी छ, अहिले ‘सोसल मिडिया’का कारण समाजमा सत्यभन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्, यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ, अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सृदृढ बनाउन जरुरी छ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारिताको वृत्ति विकास पत्रकारको क्षमता विकासका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताए। रासस







डिसी नेपाल







Facebook Comment