झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते
झापा। भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी छन्। सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताए। यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment