यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
काठमाडौं। नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन्। आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन्।
पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए।
प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे।
उनले भने, ‘यसपालीको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ। २०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो। विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो। अहिलेको संसद म्यान्डेटबाट आएको हो। म सभामुखको हैसियतमा बस्दैगर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ। प्रतिपक्षमा एकजना मात्र किन नहोस् प्रतिपक्ष नै हो। उहाँहरु बलियो नै हुनेछन्। सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु।’
उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए। प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ।
‘सरकारले नीति नियमहरु राम्रो बनाउँछ। प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो। त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं। प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरुको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु।’







डिसी नेपाल







Facebook Comment