काठमाडौं । संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ ।

दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले आज बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो ।

बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।

आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने छ ।