संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ : सांसद ठगुन्ना
काठमाडौं। प्रतिनिधिसभाले सोमबार प्रतिनिधिसभा नियमावली मस्यौंदा समिति गठनको प्रस्ताव गरेको छ।
एमाले सांसद गणेश सिंह ठगुन्नाले यस प्रस्तावको समर्थन गर्दै संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
ठगुन्नाले भने, ‘जनताको चाहना अनुसार हामीले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। देशको सीमाको रक्षा, जनजीवनका सवाल र जनताका आकांक्षालाई यस सभामा गहन छलफल गरेर समाधान खोज्नुपर्छ। कमीकमजोरीहरू सच्याउँदै यस सदनले नयाँ ढंगले अघि बढ्नुपर्छ।’
उनले विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएकाले जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु आफूहरुको जिम्मेवारी भएको बताए।
सांसद ठगुन्नाले भने, ‘हामी विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएका हौँ। जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु हाम्रो जिम्मेवारी हो।’







डिसी नेपाल







Facebook Comment