अमेरिका-इजरायली आक्रमणमा इरानका गुप्तचर प्रमुखको मृत्यु
काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) को गुप्तचर शाखाका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलको आक्रमणमा मारिएका छन्।
आईआरजीसी आफैंले एक विज्ञप्तिमा यसको पुष्टि गर्दै भन्यो, “माजिद खादेमीको सोमबार बिहान, अप्रिल ६ मा मृत्यु भयो।”
इजरायली रक्षामन्त्री इजरायल काट्ज र इजरायल रक्षा बल (आइडीएफ) ले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका छन्।
आइडीएफले टेलिग्राममा लेख्यो – उनको हत्या आइआरजीसीको लागि “अर्को ठूलो धक्का” थियो।
१५ जुन २०२५ मा इजरायली आक्रमणमा मोहम्मद काजेमी मारिएको चार दिनपछि खादेमीलाई आईआरजीसी गुप्तचर संगठनको कमाण्डर नियुक्त गरिएको थियो।
गत वर्ष अगस्टमा, खादेमीले इरानको साइबरस्पेसको “सार्वभौमसत्ताको रक्षा” गर्ने आवश्यकतालाई औंल्याउँदै घरेलु इन्ट्रानेट पूरा गर्न प्राथमिकता दिन संसदलाई आग्रह गरे।







डिसी नेपाल







Facebook Comment