बारी जोत्दै गरेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु
पाल्पा । रामपुर नगरपालिका–३ गैलुकमा ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
दुर्घटनामा चालक रामपुर नरपालिका–४ बांगेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। बारी जोत्ने क्रममा सोमबार ट्याक्टर पल्टिएको थियो।
स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्दै गरेको लु ३ त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक बारीमै पल्टिँदा आलेलाई ट्याक्टरले च्यापेको थियो।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment