नेविसंघ संस्थापक अध्यक्ष कोइराला भन्छन्- विद्यार्थी संगठन बन्द होइन, मर्यादित बनाउनुपर्छ

डिसी नेपाल
२३ चैत २०८२ १७:००
44
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष बिपिन कोइरालाले वर्तमान सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णयको आलोचना गर्दै संगठन बन्द गर्नु नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित विद्यार्थी संगठन खारेज सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले विद्यार्थी संगठनहरू पार्टीको झोला जस्तो नभई एकेडेमिक करियरमा केन्द्रित हुनुपर्नेमा धारणा राखे।

उनले भने,‘म विद्यार्थी संघको संस्थापक अध्यक्षको नाताले भन्छु। अहिले सजिलै विद्यार्थी संगठन खारेज गर्छु भनेको छन् नि। कानुनले नमाने बेग्लै हो। अरु विद्यार्थीको पनि म जान्दिन। तर नेपाल विद्यार्थी संघको हकमा सर्वोच्चको फैसलामा नै भएको संस्था हो। तर यो संगठनहरु पार्टीको झोलेभन्दा बढि एकेडेमिक करियर मा विद्यार्थी पुस्ताले ध्यान दिनुपर्छ। अलिकति छाडा चाँही भएको छ। कानुनी र अन्तराष्ट्रिय मानव अधिकारको कुराले पनि प्रतिबन्ध नै लगाएर ,पेलेरै जान चाँही गाह्यो होला कि मर्यादीत बनाउनु ठिक हो। तर, बन्द नै गर्नुहुन्न भन्न चाहान्छु। कांग्रेस कम्युनिष्ट कम विद्यार्थी ज्यादा हुनेगरी चलोस् भन्ने म चाहन्छु।’

उनले वर्तमान राजनीतिक परिवर्तनको सकारात्मक पक्ष भए पनि विगतका जनआन्दोलन र अस्थिरताका कारण जनताले अनुभव गरेको पीडा स्मरण गर्दै, नयाँ पुस्ताले संगठन र व्यवस्थालाई उचित ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

पहिलेको परिवर्तनको सकारात्मक पक्ष भनेको पुराना दलका नेताहरुले गरेको पापको घडा भरिएको बताए।

‘यो यदी कानुनी शासन हो भने अहिलेको यो वर्तमान सरकारले बढो दुखकासाथ मैले भन्नुपर्छ। हामी नेपालीहरु सात सालेदेखि नै नियन्त्रित अस्थिरता भोगिरहेका छौं। परिवर्तन पनि भएका छन् ,तर त्यसले नकारात्मक प्रभाव पनि ल्याएको छ। अहिलेको परिवर्तन सकारात्म पनि छ। तर माओवादी जनआन्दोलनमा क्षति नभएको क्षति भएको छ। सकारात्मक यो हो कि पापको घडा भरिएको छ। उहाँहरु यसरी टास्सिनुभयो कि पुस्तान्तरण पनि छैन्,’उनले भने। ६३ साल पछिको कांग्रेस नक्कली कांग्रेस रहेको उनको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *