राष्ट्रियसभाका उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा

डिसी नेपाल
२३ चैत २०८२ १८:२४
204
Shares

काठमाडौं । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुभएका भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उनलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध विजयी घोषणा भएकी हुन्। उनी गत माघ ११ गते सदस्यमा निर्वाचित भएकी थिइन्।
उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएका भण्डारी गेटा मेडिकल कलेज सञ्चालनको पहलकर्ताका साथै मुक्त कमलरीको अवस्था सुधारमा भूमिका निर्वाह गरेकी थिइन्।

कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि राजनीतिमा चासो राखेकी उपाध्यक्ष भण्डारीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सक्रिय भएर विद्यार्थीको सवालमा काम गरेकी थिइन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गर्नुभएका उहाँले एमालेको १०औं र ११औं महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *