स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवाको भित्री सडकमा सोमबार साँझ जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवातर्फ जाँदै गरेको ग१ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
दुर्घटनाका घाइतेको प्रदेश अस्पताल पुतलीबजारमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल छन्।
यसैगरी पुतलीबजार नगरपालिका–७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका–११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा–१७ की ५६ वर्षीया सिता वाग्ले घाइते भएका छन्।







डिसी नेपाल







Facebook Comment