महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

डिसी नेपाल
२४ चैत २०८२ १५:०२
20
Shares

महोत्तरी । महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन विद्यार्थीको जलेर ज्यान गएको छ। दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मृतक र घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन। जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोक्किएका थिए।

तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर तथा एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *