बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी

डिसी नेपाल
२४ चैत २०८२ १५:११
116
Shares

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाविरुद्ध पदीय आचरणविपरित अधिकारको दुरुपयोग गरी अवैध रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको हो । उजुरीकर्ताले उनको र उनको परिवारको नाममा अकूत सम्पत्ति रहेको र उनको बैंक खाताबाट समेत ठूलो रकम शंकास्पद रुपमा कारोबार भएको दाबी गरेका छन् ।

अख्तियारमा चैत ८ गते र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा चैत १० गते उजुरी दर्ता गरिएको हो । उनले बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य सुरज लामाको नाममा रकम निकासा गरेको, दाताबाट प्राप्त रकम लुकाएर क्षेत्र विकास समितिबाट निकासा लिएको, आफ्नो कार्यकाल सकिन लागेपछि पुनः नियुक्तिका लागि राजनैतिक शक्ति केन्द्रसँग अवैध रकम लेनदेन गरेको जस्ता आरोप लगाइएको छ ।

उजुरीमा लामासहित पशुपतिनाथ खतिवडा, जानुका भण्डारी, रग्पा शेर्पा, सुरज लामा र शैलेश श्रेष्ठलाई समेत विपक्षी बनाइएको छ । श्रेष्ठ वैदेशिक रोजगारी ठगी मुद्दामा फरार अभियुत्तः रहेको समेत उजुरीकर्ताको दावी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *