उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं। उपराष्ट्रपति रामसायप्रसाद यादव अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो।
चिकित्सकहरूका अनुसार उनको रक्तचाप बढेको थियो। हाल उनको सामान्य अवस्थामा उपचार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment