नवनियुक्त राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

डिसी नेपाल
२४ चैत २०८२ १५:२५
100
Shares

काठमाडौं। राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छन्।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन्।

एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *