नवौँ अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६ मा आरटी एफसीको विजयी सुरुआत
सुनसरी। ‘नवौं अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
सुनसरीको बराहक्षेत्र-५, कलाबञ्जारस्थित ज.डे.जे. भरौला खेल मैदानमा जारी आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ । भरौला गोल्ड कपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास गरिएको छ।
प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ । विशेष गरी विदेशी टोलीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै, यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।







डिसी नेपाल







Facebook Comment