इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

डिसी नेपाल
२५ चैत २०८२ ९:२६
44
Shares

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ ।

आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ ।

दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर+९७२–५३५३६०७४८ र तृती सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर +९७२–५४५५८२०७७  हो ।

होम फ्रन्ट कमाण्ड लगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *