प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ ।
भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने परम्परा रहेको थियो ।
यस सामूहिक भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहने जनाइएको छ । बैठकमा भारत, पाकिस्तान, बंगलादेश, इजरायल, अमेरिका तथा बेलायत लगायतका देशका राजदूतहरू सहभागी भएका गाडीहरू कार्यालय बाहिर देखिएका छन् ।




प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment