अनुसन्धान र नवप्रवर्द्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव

डिसी नेपाल
२५ चैत २०८२ १५:३१
8
Shares

काठमाडौं। स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान, प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवर्द्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए सदनमा एक घण्टाको भाषण दिन आफू तयार रहेको बताए।

उनले भने, ‘अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अनुसन्धान र नवप्रवद्र्धनको लागि कोष खडा गर्नुपर्छ र बलियो मन्त्रालय बनाउनु जरुरी छ। विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए पनि म सदनमा एक घण्टाको भाषण दिन तयार छु।’

सांसद पुनले नेपालमा लामो समयदेखि व्याप्त नातावाद, कृपावाद, चापलुसीवाद र चाकडीवादलाई ‘भाइरस’ भनेका छन्। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘नेपालमा लामो समयदेखि एउटा भाइरस छ। त्यो भाइरसबाट बच्नु भन्न चाहान्छु। त्यो भाइरस के हो भने नातावाद कृपावाद,चापलुसीवाद र चाकडीवाद हो। यो चाँही भाइरस नै हो। यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब नाबालक राजा हुनुभयो ,त्यो बेला देखि सुरु भएको अझैसम्म छ। २००७ सालको क्रान्ति ,४६ सालको क्रान्ति र ६३ सालको जनआन्दोलन हुँदा पनि यो भाइरसले छोडेको छैन। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो। आफ्नो आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *