उपसभामुख निर्वाचन : आज उमेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उमेदवारी दर्ताको समय तोकिएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो २:३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गरिने छ।
२७ गते उपसभामुखको निर्वाचन हुनेछ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment