राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने
काठमाडौं। राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ। लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख बन्ने व्यवस्था छ। त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको स्रोतले बताएको छ।
पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ । त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना देखिएको छ ।







डिसी नेपाल







Facebook Comment