उपसभामुखमा राप्रपाकी सरस्वती लामाले दिइन् उम्मेदवारी
काठमाडौं। राप्रपाकी सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्। लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख बन्ने व्यवस्था छ। त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो ।







डिसी नेपाल







Facebook Comment