रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : रुबीकुमारी ठाकुर

डिसी नेपाल
२६ चैत २०८२ १६:५९
668
Shares

काठमाडौं। श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन्।

बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन्।

उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको थिइन्। मलाई खुसी लागेको छ। अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु।’

त्यस्तै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको धारणा राखिन्।

‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन। म मधेसको छोरी हो। सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *