कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ

डिसी नेपाल
२६ चैत २०८२ १७:०८
60
Shares

सिरहा। सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।

नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए।

उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।

उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ। सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *