बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२७ चैत २०८२ ११:२८
2.1k
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *