कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

डिसी नेपाल
२७ चैत २०८२ १७:३९
36
Shares

काठमाडौं। नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद बासना थापाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएकी हुन्।

उनले उपसभामुखले संसदीय प्रणालीको काम कारवाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘उपसभामुख श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्न यस रोष्टममा उभिएको छु। संसदीय प्रणालीको काम कारवाही कुनैपनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु।’

त्यस्तै उनले सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने उनले बताइन्। तर यदी सरकारले संविधानविपरीत कुनै कर्म गरेको खण्डमा भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने धारणा राखिन्।

‘सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमारही रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्नेछ। संविधानको रक्षा र मुलुकको निर्माणको पक्षमा हामी सँधै सरकारसँग छौं। तर यदी संविधानविपरीत कुनै कर्म हुन्छ भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *