उपसभामुख रुबीकुमारीले लिइन् शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित महानुभावहरूको उपपस्थिति थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment