एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :हर्क साम्पाङ

डिसी नेपाल
२८ चैत २०८२ ९:५७
40
Shares

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्।

साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे ।

उनले लेखेका छन्, ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *