नयाँ सरकार आएसँगै नेपाल १० वर्षमा सिंगापुर बन्ने आशा जागेको छ : स्वामी आनन्द अरुण
काठमाडौं। स्वामी आनन्द अरुणले नयाँ सरकार आएसँगै अब नेपाल १० वर्षमा सिंगापुर बन्ने आशा जागेको बताएका छन्।
लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगतको हरेक काममा ढिलाईहुने न्यायको लागि पैसा खर्चनुपर्ने जस्ता समस्याको स्मरण गर्दै समयले कोल्टे फेरेको बताए।
उनले भने, ‘हाम्रो हिन्दु संस्कार जुन छ। यसमा सन्यासी र जोगीको एउटा प्रतिष्ठा थियो। यो अहिलेको समयमा चारैतिर एउटा नयाँ जागरण र जागृतिको लहर आएको छ। हाम्रो नेपालमा एउटा बढो निराशाको वातावरण थियो। हरेक काम ढिलो हुन्छ। पैसा नदिइकन न्यायको कुनै काम नै गर्न सकिँदैन्। त्यसको एउटा निराशाको वातावण थियो। तर अहिले समयले एउटा कोल्टे फेरेको छ। तीन करोड जनताको मनमा एउटा आशा जागेको छ। अब नेपालपनि १० वर्षमा सिंगापुर बन्छ भन्ने आशा जागेको छ।’
त्यस्तै उनले त्यस्तै उनले पानी समेत मलेसियबाट किन्ने सिंगापुरको विकासक्रमको उदाहरण दिँदै देश बनाउन समय नलाग्ने धारणा राखे। वामी अरुणले नेपाल आफैमा सम्पन्न राष्ट्र भएको भन्दै नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गरेको आरोप लगाए।
उनले भने, ‘विगतमा धेरै क्रान्ति भए। अब केही होला कि भन्यो केही भएन। भ्रष्टाचार बढिरह्यो। निराशाहरु बढ्दै गए। तर अहिले जुन परिवर्तन भएको यसले आशा जगाएको छ। मुहार फेरिन्छ भन्ने लागेको छ। देश बनाउन समय लाग्दैन्। सिंगारपुरमा केही थिएन। पानी समेत मलेसियबाट किन्नुपथ्र्यो। त्यो देश विकास होला भनेर कसैले सोचेको थिए। तर २०–२५ वर्षमा नै युरोप जस्तो बन्यो। नेपाललाई त परमात्माले सबै दिएको छ। नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गर्नुपरेको छ। नत्र नेपाल त आफै सम्पन्न राष्ट्र हो।’
त्यसैगरी उनले ४० लाख जनसंख्या भएको दुबैमा पर्यटन प्रत्येक वर्ष २ करोड आउने गरेको , ३ करोड ४० लाख जनसंख्या भएको मलेसियाले २०२६ मा ४ करोड ७० लाख पर्यटकको अपेक्षा राखेको जानकारी गराउँदै धेरै आकर्षक ठाउँ हुँदाहुँदै नेपालमा ११–१२ लाख पर्यटक मात्र आउनु दुर्भाग्य रहेको गुनासो गरे। उनले नेपाललाई योग र ध्यानको राजधानी बनाइ दुनियाभरी प्रचार गर्न प्रस्ताव गरे।







डिसी नेपाल







Facebook Comment