सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२९ चैत २०८२ ११:२९
2.4k
Shares

काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ।

आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *