पिर्के सलामी नलिने गृहमन्त्री गुरूङको घोषणा

डिसी नेपाल
२९ चैत २०८२ १६:०१
252
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले पिर्के सलामी नलिने घोषणा गरेका छन्।

अवलोकन भ्रमणमा रहेका गृहमन्त्री गुरूङले आज नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेर सलामी नलिने बताएका हुन्।

‘गृहमन्त्रीले पिर्के सलामी लिन्नँ भन्नुभएको छ,’ उनको सचिवालयले भनेको छ।

संघीय सरकारका मन्त्रीदेखि स्थानीय तहका प्रमुखहरूसम्मले पिर्के सलामी लिन थालेको भन्दै सार्वजनिक वृत्तबाट आलोचना भइरहेको थियो। गृहमन्त्रीले यो कार्यशैली सुधारेका हुन्।

आजै गृहमन्त्री गुरूङलाई दूषित पानीको कारण नवलपुर क्षेत्रमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया

One thought on “पिर्के सलामी नलिने गृहमन्त्री गुरूङको घोषणा

  1. Very good, aba sadhai ko lagi changed garnu hola, feri Tukke Oli jasta ahankari lai yestai paitala chattuwa activity chahinchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *