आगलागीमा घाइतेहरूलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

डिसी नेपाल
२९ चैत २०८२ १६:०३
32
Shares

सुर्खेत। जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन्। भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन्।

भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको र आगलागीमा परी ठालु प्रसाद जैसीकी श्रीमती माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए।

घाइतेलाई नलगाड नगर अस्पतालमा उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूलाई नेपालगन्ज पठाइएको हो। घाइतेमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा.विशाल उप्रेतीले जानकारी दिए। प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *