नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन

डिसी नेपाल
२९ चैत २०८२ १६:५९
40
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो। टोलीमा डा.फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन्।

मन्त्रालयका अनुसार टोलीले गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल तथा मधेश प्रदेशका अन्य प्रदेशस्तरीय अस्पतालहरू (जनकपुर, महोत्तरी लगायत) सँग समन्वय गरी अनुगमन गर्नेछ।

अनुगमनका क्रममा हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार सेवा प्रवाह भए/नभएको मूल्यांकन गरिनेछ। साथै, मन्त्रालयले उपलब्ध गराएको चेकलिष्टका आधारमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

मन्त्रालयका कम्प्युटर अधिकृत सुवास अधिकारीद्वारा जारी सूचनामा मन्त्रालयस्तरीय निर्णयअनुसार उक्त कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *