प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

डिसी नेपाल
२९ चैत २०८२ २०:००
1.9k
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। जसमध्ये प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स (ट्वीटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरालगायतका गरगरहना १९० तोला गरगहना रहेको पनि खुलाएका छन्। उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *