मन्त्री वादीको सम्पत्ति: कुखुरा, कुकुर र एउटा स्कुटर

डिसी नेपाल
२९ चैत २०८२ २१:०२
560
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेकी सीता वादीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

मन्त्री वादीले आफ्नो सम्पत्ति विवरणमा २० वटा कुखुरा, एउटा कुकुर र एउटा स्कुटर रहेको उल्लेख गरेकी छन् ।

मन्त्री वादीले आफूसँग तीनवटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको उल्लेख गरेकी छन् ।

उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी  पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।

उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *