करेन्ट लागेर किसानको मृत्यु

डिसी नेपाल
३० चैत २०८२ १८:५७
52
Shares

भक्तपुर। भक्तपुरको मध्यपुर थिमिमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। मध्यपुर थिमि-१ का ६८ वर्षीय लाजु प्रजापतिको तरकारी बारीमा सिँचाइको लागि पानी लगाउने क्रममा सोमबार बिहान करेन्ट लागेको हो।

हनुमन्ते खोलामा जडान गरिएको पानी तान्ने मोटर मर्मत गर्न जाँदा उनलाई करेन्ट लागेको बताइएको छ। उनको शव खोलामा टाउको गाडिएको अवस्थामा देखेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन्।

दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमपछि प्रजापतिको अन्तिम संस्कार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *