सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रस्ताव

डिसी नेपाल
३० चैत २०८२ २१:३४
20
Shares

काठमाडौं। नेपालले चीनसँग सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्यको प्रस्ताव गरेको छ। गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटका लागि पुगेहख नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग गृहमन्त्रीले उक्त प्रस्ताव गर्नुभएको हो।

त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारमा आज भएको भेटमा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्नेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे। उनले नेपाल–चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणका लागि अनुरोध गरेको गृहमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

त्यसक्रममा गृहमन्त्री गुरुङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *