निर्माण व्यवसायीको गुनासो : साना झमेलाले समयमै काम गर्न सकेनौं

डिसी नेपाल
४ माघ २०७६ १२:४२

काठमाडौं। निर्माण व्यवसायीहरुले स–साना झमेलाका कारण समयमा काम गर्न नसकिएको गुनासो गरेका छन्।

नेपाल निर्माण व्यावसायी महासंघको २१ औं साधारणसभामा व्यवसायीहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष काम गर्दा आइपर्ने साना समस्या समाधान गर्न पनि लामो समय लागेकाले तोकिएको समयमा सम्पन्न गर्न नसकिएको र त्यसको दोष व्यवसायीले मात्र भोग्नुपरेको बताएका हुन् ।

‘निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या एउटा विजुलीका पोल सार्ने जस्तो सानो काम नै व्यवसायीका लागि झमेला बन्छ’ साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘सानातिना झमेलाहरुले समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ र दोष व्यवसायीले मात्र लाग्ने गरेको छ।’

निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने उनले उल्लेख गरे।

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने– ‘तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ ।’

सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग गर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *