२३ जना बालबालिका अपहरणः यी हुन् अपहरणकारीलाई झुक्याएर सबैको ज्यान बचाउने बालिका
काठमाडौं। कहिलेकाहीँ साना बालबालिकाले पनि सुझबुझपूर्ण तरिकाले काम गरेर धेरैको ज्यान बचाउन सक्छन् । तीन दिनअघि भारतको फर्रुखाबादमा भएको २३ बालबालिकाको अपहरणको घटनामा पनि एक बालिकाको सुझबुझले सबैको ज्यान बचाएको थियो । अञ्जली नामकी यी बालिका अँध्यारो बेसमेन्टमा अन्य बालबालिकासँगै ११ घण्टा कैदमा रहिन् । उनी अझै पनि अपहरणकारी सुवासको अनुहार सम्झिँदा डराउँछिन् ।
उनी आफ्ना भाइबहिनीलाई बोलाउन सुवासको घर गएकी थिइन् तर सुवासले उनलाई पनि अरु बालबालिकासँगै कैद गरे । बालबालिकाहरु सबै आत्तिएका थिए तर अञ्जलीले हिम्मत हारिनन् । जब सुवास गाउँलेहरुलाई धम्क्याउन छतमा गए, उनले भित्रबाट बेसमेन्टको ढोका बन्द गरिन् । यो ढोका पुलिस आएपछि मात्र खोलिएको थियो । अञ्जलीले भारतीइ मिडिया दैनिक भास्करसँग त्यो दिनको कहानी यसरी सुनाइन् ।
बिहान हामी सबै भाइबहिनी स्कुल गएका थियौं । करिब साढे १ बजे फर्किंदा सुवासको घरमा राखिएको स्पिकर ठूलो वरमा बजिरहेको थियो । ऊ मस्त भएर नाचिरहेको थियो । बरण्डामा चकलेन, बिस्कुटहरु राखिएका थिए जो उसले बच्चाहरुलाई बाँडिरहेको थियो । मेरा भाइबहिनी पनि त्यहाँ गए । पछिपछि म पनि पुगें । ऊ आफ्नी छोरीको जन्मदिन भन्दै सबै बच्चाहरुलाई घरमा बोलाइरहेको थियो । सुवाले सबैलाई तल बेसमेन्टमा जन्मदिन मनाउने भन्दै सबैलाई लिएर बेसमेन्टमा गयो । सबै तल गए, म माथि नै थिएँ त्यही बेला उसले घरको मुख्य ढोका बन्द गर्यो । मैले यसबारे सोध्दा उसले धम्क्याएर तल जान भन्यो । मसँगै अरु एकदुई जना माथि थिए सबै तल गए ।
बेसमेन्टमै ट्वाइलेट बनेको थियो । उसले बन्दुक देखाउँदै सबैलाई त्यहीँ बस्न भन्यो र हल्ला गरे गोली हानिदिन्छु भन्यो । सुवास र उसकी पत्नी त्यहीँ कसिरहे । सुवाससँग एउटा राइफल र एउटा कट्टा (पेस्तोल) थियो । सबै बच्चाहरु रोइरहेका थिए । म उनीहरुलाई चुप गराउने कोसिस गरिरहेकी थिएँ तर मलाई पनि डर लागिरहेको थियो । उसले बमले घर उडाइदिन्छु भनिरहेको थियो । उसले त्यहाँ तारले केही बम पनि जोडेर राखेको थियो ।
उसले बेसमेन्टको ढोका बाहिरबाट बन्द गरेको थियो । हरेक १५–२० मिनेटमा ऊ ढोका खोलेर आउँथ्यो र हामीलाई धम्क्याउँथ्यो । यही बीचमा गोली चल्यो । त्यसपछि गाउँलेको हल्ला सुतेर हामी डरायौं । बच्चाहरु रुन थाले । हामीले सुवासकी पत्नी रुबीसँग बचाउन भन्यौं तर उनले पनि हामी सबैलाई चुपचाप बस्न भनिन् ।
बेसमेन्टमा कैद भएको ४–५ घण्टा भइसकेको थियो । शायद शाझ परिसकेको थियो । पुलिसले शायद लाइन काटिदिएको थियो त्यसैले बेसमेन्टमा भएको बल्ब पनि निभ्यो । कोठामा निकै अँध्यारो भए । हामीले केही बुझ्न सकिरहेका थिएनौं । अँध्यारोले हामीलाई डर पनि लागिरहेको थियो । साना बच्चा धेरै डराएका थिए । कोठा बन्द भएका कारण सास फेर्न पनि समस्या भइरहेको थियो । त्यहाँ केही खेलौना थिए जसमा सानो लाइट थियो । हामीले त्यही बालेर उज्यालो बनायौं । हामीलाई समय पनि थाहा थिएन, बाहिर के भइरहेको छ भन्ने पनि थाहा थिएन ।
सुवासको छिमेकमा बस्ने १ वर्षकी शबनम पनि हामीँग कैद थिइन् । उनी निकै रोइरहेकी थिइन् । उनलाई धेरै भोक लागेको थियो । बाहिरबाट सुवास र उनकी पत्नीलाई शायद उनलाई बाहिर दिन भनियो होला । हामीले पनि उनलाई बाहिर पठाउनन आग्रह गर्यौं । त्यसपछि रुबी तल आइन् र बच्चीलाई लिएर गइन् । तर, हडबडीमा ढोका बन्द गर्न बिर्सिन् । मैले तत्कालै ढोका भित्रबाट बन्द गरेर चुकुल लगाएँ ।
बच्चीलाई बाहिर दिएर उनीहरु फर्किंदा ढोका भित्रबाट बन्द थियो । उनीहरुले हामीलाई ढोका खोल्न भन्दै नखोले बमले उडाइदिने धम्की दिए । तर, मैले ढोका खोल्न मान्दै मानिन । केही बच्चाहरु रुन थाले र मलाई ढोका खोल्न भन्न थाले । मैले उनीहरुलाई चुप रहन सम्झाउँदै पुलिसले हामीलाई बचाउने बताएँ । मेरो दिमागमा यही चलिरहेको थियो कि ढोका खोलेमा सुवासले हामीलाई मारिदिनेछ । हामी यति डराएका थियौं कि पुलिस आएपछि पनि हामीले ढोका खोलेका थिएनौं । हल्लामा उनीहरुको आवाज पनि सुनिएको थिएन । पुलिसले ढोका फोडेर हामीलाई बाहिर निकाले ।







डिसी नेपाल








Facebook Comment