‘गिरिजाप्रसाद कोइरालाले मलाइ फौजी कारवाही बढाउन आग्रह गर्नु हुन्थ्यो’

डिसी नेपाल
१ फागुन २०७६ १४:०१

सही विचार र सही नेतृत्वले इतिहासमा ठूलो ठूलो फड्कोहरु मार्न र योगदान गर्न सक्छ।  सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ।

किनभने केही वर्ष पहिलेसम्म नेपालमा यति छिट्टै संविधान सभा भइहाल्ला, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिहाल्ला, आपसमा निकै तितो र कटुतापूर्ण र कहिले काँही शत्रुतापूर्ण संघर्षमा रहेका २ वटा मुख्य पार्टीहरु एकतामा आइपुग्लान् र अनि चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी प्रस्तुत होलान् भन्ने केही वर्ष अगाडिसम्म मानिसले सोच्दैन थिए। तर सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ, जनयुद्ध आफैं सुरुका दिनहरुमा हेर्दा धेरैलाई विश्वास थिएन।

सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको छन्। तत्कालीन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुग्यो।

र, सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको हो। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन एकसाथ सञ्चालन गर्न तत्कालीन ७ राजनीतिक दल र नेकपा माओवादीबीचमा भएको समझदारीबाट नै सम्भव भएको हो। असाधारण र फरक किसिमबाट बनेको समझदारीबाट नै देशमा राजतन्त्रको समाप्ति र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको हो।

नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र आफूबीच राजधानीमा जनआन्दोलन बढ्दै  गएका बेला दिनदिनै फोनमा कुरा हुन्थ्यो। त्यसबेला कोइरालाले अझ बढी फौजी आक्रमण बढाइदिन आग्रह गर्नुहुन्थ्यो।

नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र आफूबीच राजधानीमा जनआन्दोलन बढ्दै गएका बेला दिनदिनै फोनमा कुरा हुन्थ्यो। त्यसबेला कोइरालाले अझ बढी फौजी आक्रमण बढाइदिन आग्रह गर्नुहुन्थ्यो। दुईवटा हाम्रो कम्युनिष्ट पार्टीको पहिला सहमति भएर हस्ताक्षर भइ सकेको थियो।

हामी मिलेर अव संविधान सभातिर जाने भन्ने विषयमा नेपाली कांग्रेसलाई पनि  राखेर त्यही प्रकृयाबाट १२ बुँदे समझदारी भयो र नेपाली कांग्रेसको तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार जस्तो दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उहाँले अझै आक्रमण बढाउनु पर्यो भन्नु हुन्थ्यो।

मलाइ फौजी आक्रमण अझ बढाइदिनु पर्यो भन्नुहुन्थ्यो। अलि सदरमुकाम हान्न पर्यो अलि ठूलोठूलो आक्रमण गर्न पर्यो भन्नु हुन्थ्यो। यो पनि विचित्र हो। यस्तो संसारमा कमै हुन्छ यही विचित्रको परिस्थितिले नै नेपालमा ढाइ सय वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो। यही विचार प्रवृति हावी भएकै हुनाले एकता सम्भव भयो।

तत्कालीन समयमा नेतृत्वले सही निर्णय नगरेको भए देशमा ठूलो समस्या उत्पन्न हुनसक्थ्यो।  विश्वमा अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएका थिए। नेपालमा हामीहरु शौभाग्यशाली भएर नै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भयौं। जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया सम्भव भएको र मुलुक समाजवादको आधार निर्माणतर्फ अघि बढेकोले अव जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव हुँदैन।

जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा प्रचण्डले दिएको मन्तव्यको सम्पादित अ‌ंश




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *