कोरोना कहरबीच नाग्म–गमगढी सडक स्तरोन्नतीको काम धमाधम गराउँदै सडक डिभिजन

डिसी नेपाल
३० भदौ २०७७ १९:११

मुगु । विश्व व्यापीरुपमा फैलिएको कोरोनाले सबै क्षेत्रमा प्रभाव पारिरहेका बेला यहाँ भने कोरोना कहरका विच धमाधम सडक सुधारको कामले तिव्रता पाईरहेको छ ।

कणाली राजमार्ग अन्तरगत नाग्म–गमगढी सडक खण्डको स्तरउन्ती गर्न सडक डिभिजन कार्यालय जुम्लाले कोरोनाको कहरलाई वास्ता नगरि सुरक्षा मापदण्ड अपनाउदै यो खण्डमा धमाधम काम गरिरहेको हो ।

सडक संचालनमा आएको एक दशक भन्दा बढी समय भैसक्दापनि सडकको मापदण्ड अनुसारका संरचना नबन्दा यो सडकमा यात्री तथा सवारीसाधनहरुले सधै सास्ती भोग्दै आएका छन ।

सडक सुधार गरि नाग्म देखि गमगढीसम्म यातायातका साधन नियमित सुचारु गर्न आर्थिक बर्ष ०७६/०७७ बाट १५ देखि २० किमी दुरीमा काम गर्ने गरि ६ खण्डमा ठेक्का खोलेर सोहि अनुसार ठेकदारहरुले सडकलाई दुईलेन बनाउने,साईटवाल लगाउने,ग्राभेल गर्ने,नाला बनाउने जस्ता काम गरिरहेका छन । गत आर्थिक बर्षमा नाग्म गमगढी सडकको ग्रावेल,स्तरबृद्धीका लागी १४ करोड विनियोजन भएकोमा ९ करोड ४८ लाख खर्च भएको थियो ।

विगतमा ९३ किमीको यो सडक स्तरउन्नती नहुदा बर्षामा पानी,हिउदमा हिउ र घाम लागे धुलाम्य भएर सडक अवरुद्ध भैरहन्थ्यो । सडक अवरुद्ध हुदा बर्षभरीमा ४ महिना मात्र सडक संचालनमा आउने गरेको थियो ।

सधै सडक अवरुद्ध हुदा जिल्लामा दैनिक उपभोग्य तथा निमार्ण सामानहरुको अभाव भैरहने अवस्था रहदै आएको छ । जिल्लामा समय मै निमार्ण सामगी्रहरु उपलब्ध नहुदा विभिन्न निकायबाट सम्पन्न गर्नु पर्ने विकास निमार्णका कामहरु प्र्रभावित भै लक्ष्य प्राप्त हुन सकेको थिएन ।

ठेगदारहरुले आफनो जिम्मामा पाएका कामहरु गर्न सुरक्षा विधि अपनाएर समयावधिमा नै सम्पन्न गर्न कार्यालयले दवाव दिईरहेको र सोहि अनुसार यो खण्डमा धामाधम काम भैरहेको सडक डिभिजन कार्यालय जुम्लामा प्रमुख लिला बहादुर भण्डारी भन्छन्–हामो्र लक्ष्य चालु आर्थिक बर्ष भित्रमा नाग्म देखि रारासम्म सवारी साधन संचालन गर्ने र कम्तिमा बर्षभरी सडक संचालनमा ल्याउनु हो र सोहि अनुसार काम भैरहेको छ ।

बर्षेनी हजाराँैको संख्यामा नेपाल कै ठुलो ताल रारा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु स्थलमार्ग भएर रारा आउँदा कणाली राजमार्गमा भोग्नु पर्ने कठिनाईले गर्दा फर्केर घर पुगेपछि मुत्युलाई जितेर आएको जस्तो महशुस भएको बताउने गरेका थिए ।

भारत र चिन समेत जोडेन त्रिदेशीय सडक मार्ग जमुनाह–सुर्खेत–गमगढी–नाग्चेलाग्ना सडक पनि यहि राजमार्ग भएर जाने भएकाले सडक स्तरोन्नती भै यात्रा गर्न नियमित र सहज भएमा कर्णाली प्रदेशको आर्थिक आम्दानीको प्रमुख सो्रत नै यो राजमार्ग हुने देखिन्छ भने भारतमा निर्भर आयात निर्यात उत्तर छिमेकी देश चिनसँग पनि विस्तार हुनेछ ।

सडक स्तरोन्नतीको काम धमाधम भएपछि लकडाउनले बेरोजगार भएका स्थानीय युवा तथा अन्यको आम्दानीको सो्रत बनेको छ । सडक–सडकमा काम गर्न मुगु,जुम्ला,कालिकोट,अछाम,दैलेख,सुर्खेतसम्मबाट कामदारहरु आएका छन । उनीहरुलाई कोहि कसैबाट कुनै रोगको संक्रमण नहोस भनेर एक गु्रपबाट अर्को गु्रपसंग सम्पर्क हुन दिईएको छैन ।

सडकको ठाँउ ठाँउमा ग्रावेलका लागी गिटटी माटो थुपाईएको छ ,सडक चक्ताबन्धी भएपछि रोलर लगाएर एकैचोटी ग्रावेल सक्ने गरि काम शुरु गरिनेछ,अहिले सडक चौडा गर्न नमिल्ने भिर र चट्टानमा डिलपटटी पर्खाल लगाएर सडक चौडा बनाउने,गमगढी जिरो पईन्टसम्म सडक कम्तिमा १० मिटरको चौडा बनाउने,बर्षाको पानीले विगारेको बाटो बनाउने,पहिरो पन्छाउने र नाला बनाउने जस्ता कार्य भैरहेकोछ भने हालसम्म ९३ किमी मध्य ६० किमी सडक दुईलेन बनाउने र १५ किमी ग्रावेल बनाउने कार्य सम्पन्न भएको पनि सडक डिभिजन कार्यालयले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.