प्रहरीको नयाँ आचारसंहिताः विपरित लिंगी सहकर्मीलाई धाप मार्न निषेध, नेता भेटे कारवाही

डिसी नेपाल
३० भदौ २०७७ २१:४४

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासन कायम गर्ने भन्दै नेपाल प्रहरीका कर्मचारीहरुका लागि पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’जारी गरेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रधुम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले बनाएको आचारसंहितालाई आजबाट कार्यान्यनमा ल्याएको हो ।

कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । अनुमति बिना विदेशीसँग भेटघाट गर्न पाइने छैन । अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारवाहीको भागिदार हुनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *